|  

लेबनानको टायरमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

१२ कात्तिक, काठमाडौं ।  लेबनानको टायर शहरको मध्य क्षेत्रमा सोमबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भग्नावशेष हटाउने तथा पीडितको खोजी गर्ने काम जारी छ ।

उद्धारकर्ताले ‘स्ट्रेचर’ मा हाली घाइतेहरूलाई एम्बुलेन्समा लग्दै गरेको तथा घटनास्थलमा धुवाँको मुस्लोको बिच आगो निभाउन काम गरिरहेको एएफपीले देखाएको छ ।

युनेस्कोको विश्व सम्पदा स्थल भएको प्राचीन तटीय सहर, टायर गत हप्ता भएको इजरायली आक्रमणको सिकार भएको थियो। आक्रमणबाट टायरका मध्य भागहरू भग्नावशेषमा परिणत भएका छन् ।

गाजा युद्धलाई लिएर इरानसमर्थित समूहसँग सीमापार गोलीबारीको एक वर्षपछि इजरायलले गत महिना हिजबुल्लाहको गढमा हवाई आक्रमण बढाएको थियो भने लेबनानमा स्थलगत रूपमा सेना पठाएको थियो ।