|  

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक 

१२ कात्तिक, काठमाडौं ।  काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक रहेको खुलेको छ ।

नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको सूचना भ्रामक  रहेको बताएको छ । सोमबार उक्त जहाज काठमाडौंमा अवतरण भएपछि भारतबाट जहाजमा बम राखिएको सूचना आएको थियो ।

उक्त सूचना आएसँगै सबैलाई ओरालेर नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमको खोजी गरेको थियो। केही नभेटिएपछि पुनः उडान गर्न लागेको हो।