|  

बत्तिसपुतलीमा झिलिमिली बत्ती सजाउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

१२ कात्तिक, काठमाडौं ।   काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली भजनी नगरपालिका-४ घर भएका २८ वर्षीय पवन चौधरी रहेका छन् । चौधरीको सोमबार दिउँसो काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउनेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका मृत्यु भएको हो।