|  

लाजिम्पाटमा एक व्यक्तिमाथि अन्धाधुन्ध रड प्रहार 

१२ कात्तिक, काठमाडौं ।  काठमाडौंको लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा एक व्यक्तिमाथि रड प्रहार भएको छ ।

आइतबार बिहान साढे ११ बजे नुवाकोट ककनी गाउँपालिका-६ घर भई टोखा नगरपालिका वडा नम्बर-३ बस्ने ३५ वर्षीय बिक्रम लामामाथि अस्पतालकै पार्किङमा अन्धाधुन्ध रड प्रहार भएको हो । उनीमाथि अस्पतालको पार्किङमा रड प्रहार भएको थियो। रड प्रहार भएको भएर घाइते भएका लामाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनीमाथि चार जनाले कुटपिट गरेको भिडिओ सामाजिक संजालमा सार्वजनिक भएको छ । यस घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। अन्यको खोजी भइरहेको छ । पक्राउ पर्नेमा शैलेन्द्र तामाङ भन्ने मार्सल छन्। घाइते भएका बिक्रम लामा जग्गाको व्यवसाय गर्छन्। अन्य कुटपिट गर्ने व्यक्तिहरू पनि ककनीकै रहेको अनुसन्धानबाट खुलेको छ।