|  

बझाङमा अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृ#त्यु

१३ कात्तिक, काठमाडौं  । बझाङमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामी रहेका छन् । धामीलाई आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुगाइएको थियो । धामीको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ५ वर्षीय शितल धामी स्थानीय  स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेका छन् ।