१३ कात्तिक, काठमाडौं । काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसदसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।