|  

राप्रपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा महर्जनको उम्मेदवारी

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते कीर्तिपुर नगरपालिकाका मेयरका लागि हुन लागेको उपनिर्वाचनमा ईन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा कीर्तिपुर नगरपालिकामा भएको एक कार्यक्रममा महर्जनलाई मेयर पदको उमेदवार घोषणा गरिएको हो ।

उक्त नगरको वडा नम्बर १ को वडा अध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को अध्यक्षका लागि विजेश बस्नेतलाई उम्मेदवार घोषणा गरिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले कीर्तिपुरमा चुनावी प्रचार कार्यालय पनि मंगलबार नै खोलेको छ ।