|  

साफ महिला च्याम्पियनशिपः उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

१४ कात्तिक, काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४-२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७-१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११-० गोलअन्तरले हराएको थियो ।

त्यसैगरी नेपालले श्रीलङ्कालाई ६-० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो । नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।