|  

विश्वकप लिग-२ः नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

१४ कात्तिक, काठमाडौं ।  आइसिसी विश्वकप लिग-२ एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले स्कटल्याण्डलाई हराएको छ ।

आज बिहान सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए ।

साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए ।  स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको १५५ लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५र२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १र१ विकेट लिए ।