१४ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०३.३३ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड ३२.३३ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ र नेपाली गोलभेँडा भारतीय ११० रुपैयाँ प्रति केजी तोकिएको छ ।