१४ कात्तिक, काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसैबिच आव चाँदी १५ रुपैयाँ बढेर प्रतितोला २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।