१४ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् ।
सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो ।
समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन्।