|  

अभिनेता सलमानलाई फेरि ज्यान मार्ने धम्की

१४ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ ।

यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेका छन् । मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको यस धम्कीमा पैसा नतिरे अभिनेताको ज्यान लिने बताइएको छ ।

म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरी अनुसन्धान सुरु गरेका छन् ।