|  

रविसँग आज बयान लिइसक्ने प्रहरीको तयारी

१४ कात्तिक, काठमाडौं ।  सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ ।

लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ । मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला स्रोतले जनाएको छ ।

कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए ।

लामिछानेको बयान नसकिएको र बुधबार पनि निरन्तर बयान लिन थालिएको हो । अहिलेसम्मको बयानमालामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।