|  

काठमाडौं महानगरले यी ठाउँमा साफ फाइनल खेल ‘लाइभ’ देखाउने

१४ कात्तिक, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आज हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल विभिन्न स्थानमा ठूलो स्क्रिनमा देखाउने भएको छ ।

एक सूचना जारी गर्दै महानगरले टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा निःशुल्क खेल देखाउने जानकारी दिएको हो । यी तीन स्थानमा एलईडी स्क्रिनबाट खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।