|  

१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

१४ कात्तिक, काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीलाई एचपिभी खोप लगाइने छ । खोप अभियान आगामी माघबाट सुरु हुनेछ ।