१४ कात्तिक, काठमाडौं । झापाको दमकमा पटाका पड्काउँदा एक जना बालक घाइते भएका छन् ।
मंगलबार अपराह्न दमक नगरपालिका–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवालले पटाका पड्काउँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको अनुहारमा लागेर घाइते भएको हो । घाइते बालकलाई उपचारको लागि भारतको सिलगुडी लगिएको छ ।