|  

सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते 

१४ कात्तिक, काठमाडौं ।  सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् ।

मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको हो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।

घाइतेमध्ये  २ जनालाई थप उपचाररका लागि काठमाडौँ रिफर गरिएको छ । अन्य घाइतेलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ । घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किसकेका छन् ।