१४ कात्तिक, काठमाडौं । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।