१४ कात्तिक, काठमाडौं । मौसम पूर्वानुमान महाशाखा भोलिदेखि भाइटीकाको दिनसम्म (चारदिन) मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाएको छ ।
हाल देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले कार्त्तिक १५ देखि १८ गतेसम्म केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको संभावना रहेको बताएको हो ।
विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते),औंसी (१६ गते), प्रतिपदा (१७ गते र द्वितीया अर्थात् भाइटीका (१८ गते) का दिनहरूमा कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको संभावना रहेको जानकारी गराएको हो।