१५ कात्तिक, काठमाडौं । इजरायल र इरानबीच भीषण युद्ध चलिरहेको छ । इजरायलले इरान समर्थित सङ्गठन हिजबुल्लाहलाई लक्षित गरी लगातार बमबारी गरिरहेको छ ।
तर, हिजबुल्लाह पनि पछि हटेको छैन । इजरायललाई चुनौती दिँदै कडा आक्रमण गरिरहेको छ । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह र इरानी आक्रमणको डरले छोराको विवाह स्थगित गरेको बताइएको छ ।अव्नेर नेतान्याहुको विवाह नोभेम्बर २६ मा उत्तरी तेल अवीवको एउटा क्षेत्रमा हुने तय भएको थियो ।
तर नेतान्याहुले आफ्ना सहयोगीहरूलाई इजरायलद्वारा छेडिएको बहुपक्षीय युद्ध र विशेष गरी उत्तरबाट ड्रोनको खतराका कारण विवाहको आयोजना जोखिमपूर्ण हुन सक्ने बताएका छन् । हिजबुल्लाहले नेतान्याहुको घरमा गरिसकेको छ ।आक्रमण यही महिनाको सुरुमा नेतन्याहुको घरलाई हिजबुल्लाह ड्रोन आक्रमणमा निशाना बनाएका थिए ।
यस आक्रमणमा घरको सुत्ने कोठाको झ्यालमा क्षति पुगेको थियो । यी आक्रमणलाई नेतान्याहुले इरानका एजेन्टहरूलाई दोष दिएका थिए । यसलाई उनले आफू र आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास भनेका थिए । त्यति बेला समयमा गरेका कठोर गल्तीका लागि उनीहरू मूल्य चुकाउने चेतावनी पनि उनले दिएका थिए ।