|  

 अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने डिपी अर्यालको चेतावनी

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति पनि आपत्ति जनाए।उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ ।

र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ।’ उनले थपेका छन्, ‘मैले मेरो निजी टेलिफोनबाट को सँग, के–के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैरकानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्‍याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्।

कानुनी प्रक्रियामा जाने नै छु।’सभापति लामिछाने पक्राउ परेपछि उपसभापति अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए भने परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।