१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत नेपाली माटोको संवत भएको बताएका छन् ।
नेपाल संवत ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत कुनै आयातित संवत नभएकोले यसको प्रवद्र्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन । प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताए ।
नेपाल संवत ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।