१७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र धर्मपत्नी सविता पौडेलले आज गाई पूजा गरेका छन ।
राष्ट्रपति पौडेल दम्पतीले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन् । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा रहिआएको छ ।