|  

भक्तपुरलाई जीवित संग्रहालय मान्न सकिन्छः प्रधानमन्त्री ओली

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन् ।

आज भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताएका हुन् । उनले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताए । प्रधानमन्त्री ओलीले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने धारणा ब्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए ।