१७ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल संवत ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले यस्तो बताएका हुन । उनले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै चाडपर्व निर्धक्कसँग मनाउने वातावरण सरकारले बनाएको दाबी गरे ।
नेपालगञ्जमा नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निमाण गर्न प्रदेश सरकारले सधैँ सहयोग गर्ने उल्लेख गर्दै उनले भनेका छन, ‘नेपालगञ्जमा शङ्खधर साख्वाको शालिक निर्माण गर्ने कुरा बारम्बार उठिरहेको छ, उहाँ नेपाल संवतका प्रवर्तक हुनुका साथै नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति पनि घोषणा गरिसकेको अवस्थामा उहाँको शालिक निर्माण गर्न सबैले पहल गर्नुपर्छ ।’