|  

काठमाडौंबाट दिल्ली जान लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला

 १७ कात्तिक, काठमाडौं । एयर इन्डियाको जहाजमा बम रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ यात्रु लिएर शनिबार दिउँसो दिल्ली फर्किन लागेको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रु ओरालेर चेकजाँच गरिएको हो ।

 

 

 

 

जाँचका क्रममा विमान केही पनि विस्फोटक पदार्थ नभेटिएको विमानस्थल प्रहरीले जनाएको छ ।

 

 

दिल्ली फ्लाइटको तयारी गरिरहेका बेला शनिबार दिउँसो ४ बजेर ३१ मिनेटमा बम रहेको सूचना आएको थियो ।​ ​​

दिल्ली जानका लागि सबै यात्रुको बोर्डिङ भई सकेको थियो । साथै यात्रुहरूको लगेज ब्यागसमेत लोड गरिसकिएको थियो ।