|  

राष्ट्रपति पौडेलले बहिनीहरूबाट लगाए भाइटीका

१८ कात्तिक, काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् । 

राष्ट्रपति पौडेलले आइतबार बिहान शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका हुन् ।