|  

तिहार सकिएलगत्तै घट्यो गोलभेँडाको मूल्य, प्रतिकेजी कति पुग्यो ? 

१९ कात्तिक, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ । बजारमा तिहार सुरू हुनु अघिको तुलनामा अहिले गोलभेँडाको भाउ सस्तिएको हो ।

बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ । ठूलो गोलभेँडा र टनेल गालेभेँडा भने भारतबाट पनि भित्रिने गरेको छ । तिहार सुरू हुन अघि अर्थात् कात्तिक १३ गते कालिमाटी बजारमा ठूलो, टनेल सानो र लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ९० रूपैयाँदेखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, भारतीय सानो गोलभेँडा ८० देखि ९० रूपैयाँ थियो । तिहारपछि आज कात्तिक १९ गते कालिमाटी बजारमा भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य ८० देखि ९० रूपैयाँ, गोलभेँडा सानो लोकल ६० देखि ७० र सानो गोलभेँडा ९० देखि एक सय २० रूपैयाँमा कारोबार भइरहको छ । त्यस्तै, भारतीय सानो गोलभेँडा ६० देखि ८० रूपैयाँ छ।