|  

देशभर २ वायुको प्रभावः आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२० कात्तिक, काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली  रही पहाडी भू-भागका एक / दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक / दुई  स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।