|  

चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ सहरमा रिलिज हुने

२० कात्तिक, काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ सहरमा रिलिज हुने भएको छ ।

टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत जापानका विभिन्न १४ सहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने भएको हो ।

कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा नेपाल र दक्षिण भारतका कलाकारको अभिनय छ ।  चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, विपना  दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्मालगायतको अभिनय छ ।