|  

नेपालमै छ यस्तो ठाउँ जहाँ दाईजोमा गाउँ नै दिइन्छ 

२० कात्तिक, काठमाडौं ।  सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायले छोरीरचेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने परम्परा रहेको छ ।

अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको स्रोतले जनाएको छ । मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको स्थानीयले बताएका छन् ।

यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो । मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्‍याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो ।