|  

तिहारको मौका छोपेर राइड सेयरिङको नाममा इन्ड्राइभको ठगीधन्दा

२० कात्तिक, काठमाडौं ।  राइड शेयरिङ प्लेटफर्म इनड्राइभले चाडबाडको समयमा भाडा उल्लेखनीय रूपमा बढाएको पाइएको छ ।

अन्य समयको तुलनामा चाडबाडको बेलामा झन्डै तीन गुणासम्म भाडा बढाएको देखिएको हो । हाल नेपालमा सञ्चालनमा रहेका पठाओ, इनड्राइभ, टुटल, जुमजुम र इड्राइभमा भाडा दर हेर्ने हो भने सबैभन्दा महँगो इन्ड्राइभमा छ ।

त्यसमा पनि भाडा अन्य समयको भन्दा तीन गुणा बढाइएको छ । सबैभन्दा बढी राइडर इनड्राइभमा भेटिन्छन् ।

चाडबाडको समयमा सस्तो भाडा अफर गर्ने प्लेटफर्ममा भरसक राइडर पाइँदैनन् । पाइए पनि धेरै समय कुर्नुपर्ने हुन्छ । बढी राइडर हुने प्लेटफर्मले यसैको फाइदा उठाएको यात्रुहरूको गुनासो छ ।