२२ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ-नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३०, काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ ।