२२ कात्तिक, काठमाडौं । भारतमा आईफोन १७ उत्पादनको प्रक्रिया अघि बढेको छ ।
एप्पलको निर्माण साझेदार फक्सकनले भारतस्थित बेंगलुरुमा रहेको कारखानामा आईफोन १७ को बेस (आधारभूत)मोडेल उत्पादन गर्ने प्रक्रिया थालेको हो ।यसलाई एप्पलका लागि भारतमा निर्माण प्रयासको एउटा ‘उल्लेखनीय उपलब्धि’ मानिएको छ । यसअघि यस्तो स्तरको उत्पादन प्रक्रिया मुख्यतया चीनमा हुँदै आएको थियो ।
आईफोन १७ मोडलले यसअघि नै प्रारम्भिक विकास चरण पार गरिसकेको छ । यसअन्तर्गत भारतीय इन्जिनियरहरूले क्यालिफोर्नियामा तयार भएका प्रोटोटाइपसँग मिल्ने गुणस्तरको आईफोन बनाउन सक्छन् कि भनेर मूल्याङ्कन भइरहेको छ ।आईफोन १७ मा हुने विशेषताबारे हालसम्म आधिकारिक जानकारी आएको छैन ।