|  

उपनिर्वाचनका लागि रास्वपाबाट सातै प्रदेशका चुनावी कमाण्डर तय 

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेताहरुलाई सातै प्रदेशको जिम्मेवारी तोकेको छ ।
आज बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सातै प्रदेशका चुनावी कमाण्डर तय गरेको हो । रास्वपाले कोशीमा निशा डाँगी, मधेशमा डा।चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि सार्वजनिक गरेको छ । एक भन्दा बढी आकांक्षी रहेको स्थानमा प्रारम्भिक निर्वाचनबाट उम्मेदवारको टुंगो लगाउने केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।