|  

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

२२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको अवसरमा बिहीबार काठमाडौंको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पनि छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेकी छिन् ।

राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपरान्ह छठी माताको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेल शुरूमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए ।

त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे ।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरेका हुन् ।