२३ कात्तिक, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई हजार रूपैयाँले बढेको हो । जस अनुसार आज छापावाल सुन नेपाली बजारमा प्रतितोला १ लाख ६६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यता आज चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।