२४ कात्तिक, काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।
तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि अदालत उपस्थित गराउन लागिएको हो । आज बिदा भएकाले उनलाई भोलिमात्रै अदालत उपस्थित गराउन लागेको उनको सचिवालय सदस्य प्रमोद न्यौपानेले जानकारी दिए । भोलि रविलाई अदालत उपस्थित गराइँदा रास्वपा शुभचिन्तक तथा नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घण्टी घरमा प्रदर्शन जारी राख्नेछन । यस्तै रविको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको न्यौपानेले जानकारी दिए ।