२४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आफु निकटहरूलाई उपनिर्वाचनमा लडाउने तयारी गरेका छन ।
पार्टी दर्ता नगरेपनि स्वतन्त्र उम्मेदवार उठाउने उनको तयारी छ । कीर्तिपुरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका राजमान मानवले आफु बालेनको समर्थनमा उम्मेदवार बन्न लागेको बताएका छन । बालेनको सचिवालयसँग कुरा भइरहेको उनको भनाइ छ । धरानका मेयर हर्क साम्पाङले भने आफुलाई समर्थन दिइसकेको उनको दाबी छ ।
त्यस्तै, काठमाडौं महागनरपालिका १६ मा पनि बालेनको समर्थनमा चुनाव लडाउने तयारी भइरहेको छ । तर, उम्मेदवार तय भइसकेको छ ।