|  

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी र  अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हाे । 

राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाको निष्कर्ष  छ । बैठकले  सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटी लगायतका विषयमा छलफल भएको हाे  ।