|  

ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो

२५ कात्तिक, काठमाडौं ।  इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका नेपालीलाई पोखरा ल्याइएको हो । पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गरेका  नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार कास्कीका पुर्पक्षका लागि थुनामा छन् ।

भारतको नयाँ दिल्लीबाट असोज १२ गते पक्राउ परेका नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।