|  

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइयो

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित सहकारी प्रकरणमा पक्राउ ५ जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रविलाई आज चौथो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । उनीपक्षका वकिलले उनीलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेका छन । उनीसँगै अरु चार जनालाई पनि अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने, उनका साझेदार एवम पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडियाका अध्यक्ष जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइँ र सहकारी ठगी प्रकरणमै समातिएका बागलुङको ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइएको छ ।