२५ कात्तिक, काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रूपमा बनाइएको पर्खाल भत्काइएको छ ।
जिल्ला, उच्च र सर्वोच्च अदालतले समेत सो पर्खाल अनधिकृत रूपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजर लगाएर सो भवनको सडकतिरको पर्खाल भत्काएको हो ।
२०७३ साल पुस १८ गते अनधिकृत रूपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरीले बताए ।