२५ कात्तिक, काठमाडौं । मानव तस्करी प्रकरणमा मुछिएका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।
उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई आज मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।