|  

नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताको एक दिनमात्र उडान गर्ने

२५ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ ।

निगमले गुल्मीमा यसअघि बुधवार र शुक्रवार गरी हप्तामा दुई दिन उडान गर्दै आइरहेकोमा अबदेखि बिहीवार एक दिनमात्र उडान गर्ने भएको हो । नेपाल वायु सेवा निगमका आन्तरिक उडान गर्ने जम्मा दुई वटामात्रै जहाज छन । एउटा जहाज मर्मतका लागि ग्राउन्डेड हुँदा एउटा जहाजले मात्रै देशका धेरैतिर उडान गर्नुपरेको छ । अर्को जहाज नबन्दासम्म गुल्मीमा निगमले हप्ताको एक दिनमात्रै उडान गर्ने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । गुल्मीमा १ वर्ष अघिदेखि व्यावसायिक रूपमा हवाई उडान भइरहेको छ । हवाई सेवा शुरू भएसँगै आन्तरिक एवम् बाह्य पर्यटक बढ्न थालेका छन् ।