२५ कात्तिक, काठमाडौं । लुयुयान स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ ।
अफरअन्तर्गत लुयुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने भएको छ । यो अफर आइतबार(कात्तिक २५) देखि सुरु भएकोमा आगामी मंसिर मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले चालु आर्थिक वर्षको कर र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ ।
कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ वर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।