|  

कांग्रेस सांसद बजगाईँले गरे महँगो हवाइ भाडाको विरोध

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध प्रदर्शन गरेका छन् । आइतबार सांसद बजगाईँले माइतीघर मण्डलामा विरोध सभा नै गरेर महँगिएको हवाइ भाडाको विरोध गरेका हुन् । 

सांसद बजगाईँले महँगो हवाइ भाडाको विरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आलोचना गरेका थिए । उनले यस्तो अवस्थामा सरकार मुकदर्शक भएर बस्नु लज्जाजनक भएको बताउदै विदेशिन बाध्य नेपाली दाजुभाई दिदीबहिनीमाथि महँगो भाडा थोपरिएको बताए ।