२५ कात्तिक, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला जाने भएका छन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली कार्तिक २८ गते जुम्ला जाने कार्यक्रम छ । दीक्षान्तमा ५८ जना विद्यार्थी दीक्षित हुनेछन । दीक्षान्तमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्बड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत जाने भएका छन् । गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताका कारण दीक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते तोकिएको थियो ।