२५ कात्तिक, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो ।
मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए। उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए। तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो।
नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।